टिकटकले अमेरिका र भारतमा सबैलाई उछिन्यो

काठमाडौं । टिकटकको लोकप्रियता दिनप्रति दिन बढ्दै गएको छ । चीनको भिडियो शेयरिङ्ग एप टिकटक हालसालै धेरै विवादमा रहेको छ । तैपनि यसको लोकप्रियता घटेको छैन् ।

एपहरूको बारेमा तथ्यांक राख्ने सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिकटक गएको मे महिनामा विश्वको सबैभन्दा डाउनलोड गरिएको नन–गेमिङ एप भएको छ । यसको अधिकांश डाउनलोड भारतमा गरिएको छ ।

टिकटक एन्ड्रोइड एपहरुमध्येमा पनि पहिलो स्थानमा रहेको छ । यसले कूल १ करोड ११ लाख डाउनलोड प्राप्त गरेको छ । जसमध्ये २० प्रतिशत भारतका हुन् । यसलाई डाउनलोड गर्ने सन्दर्भमा अमेरिका दोस्रो स्थानमा छ ।

टिकटकले नम्बर एक एप जूमलाई हरायो जुन अप्रिलमा पहिलो नम्बरमा थियो । भिडियो कलिङ्ग एप जूम मेमा दोस्रो स्थानमा रहेको छ ।

टिकटक र जूमका साथै मेमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपहरू तेस्रो, चौथो र पाँचौं स्थानमा व्हाट्सएप, फेसबुक र मेसेञ्जर एप्स थिए । यी सबै तीन एपहरू फेसबुकको स्वामित्वमा रहेका छन् ।

इन्स्टाग्राम, गूगल मिट, आरोग्य सेतु, यूट्यूब र स्न्यापच्याट एप क्रमशः रहेका छन् । भारतीय सरकारी एप आरोग्य सेतु पहिलो पटक टप १० मा परेको छ । यो भारतमा कोरोनाभाइरस ट्रयाकिंगका लागि अनिवार्य गरिएको छ ।

Published : Friday, 2020 June 5, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया