‘अन्टसन्ट’ लेख्दा नराम्रोसँग चिप्लिए मुख्यमन्त्री पोखरेल, मुद्धा लगाउन माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल फेसबुकमा जथाभावी लेख्दा नराम्रोसँग चिप्लिएका छन् ।

शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेखेका पोखरेलले निमकान्त पाण्डे सम्पादक र प्रकाशक रहेको ‘जनधारणा’ साप्ताहिकका विषयमा अन्टसन्ट लेखेपछि विवादमा परेका हुन् । पाण्डेले मुख्यमन्त्री जस्तो व्यक्तिबाट आफ्नो पत्रिकाका विषयमा अन्टसन्ट लेखेको भनेर आपत्ति जनाएका छन् ।

संयोग नै मान्नुपर्छ जनधारणा साप्ताहिकका सम्पादक एवम् प्रकाशक पाण्डे र मुख्यमन्त्री पोखरेल एउटै जिल्ला दाङका हुन् ।

मुख्यमन्त्री जस्तो पदमा बसेका पोखरेलले सामाजिक सञ्जालमा मनगढन्ते कुरा लेखेपछि सम्पादक पाण्डेले आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले विचार नै नगरेर पत्रिकाको विषयमा लेखेपछि उनलाई साइबर मुद्धा लगाउन पनि माग उठेको छ ।

पोखरेलले आफ्नो स्टासमा लेखेका छन्, ‘दासढुंगा ह’त्या’का’ण्डको केही समयपछि तत्कालीन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त ह’त्या’का’ण्डको रहस्य उजागर गर्ने नाममा काल्पनिक कथा रचेर तत्कालीक एमाले नेतृत्वलाई बदनाम गर्ने नियोजित षडयन्त्र रचिएको थियो ।’

‘पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो’, पोखरेले लेखेलेका छन्, ‘यतिवेला कतिपय पत्रिका र अनलाईनहरूका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकारविरुद्ध त्यही फर्मुलाको प्रयोग हुँदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरूले दिनुनै पर्दछ ।’

‘तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरूबाट समाजनै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठूलो दुर्भाग्य हुन्छ’, पोखरेलले लेखेका छन्, ‘आशंक र भ्रम निवारण गरौँ, कमजोरी छन् भने सुधार गरौँ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारबाट आफू पनि जोगियौँ र समाजलाई पनि त्यसको कुप्रभावबाट जोगाउँ ।’

‘अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिँदैछ’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

मख्यमन्त्री पोखरेलले हलुका ढंगले स्टाटस लेखेर अहिले पनि प्रकाशित हुँदै आएको जनधारणा साप्ताहिकका विषयमा अन्टसन्ट लेखेपछि सम्पादक पाण्डेले आक्रोश पोखेका छन् ।

सम्पादक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘मुख्यमन्त्री शंकर कमरेड अभिवादन ! तपाईको फेसबुक स्टाटस पढें ! आश्चर्य लाग्यो ! दासढुंगा प्रकरणमा जनधारणा साप्ताहिकले काल्पनिक कथा कहिल्यै रचेको छैन र जनधारणा साप्ताहिक बिगत २८ वर्षदेखि नियमित रुपमा प्रकाशन भैरहेको पनि छ ।’

‘अब २९ वर्ष प्रवेश हुँदैछ वैशाख १ देखि ! तपाईलाई फोनबाटै यो जानकारी गराउँन फोन गरेको थिएँ, तपाईको रेस्पोन्स भएन ! मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको मेरै गाउँले समेत भएका तपाईले जनादेश लेख्नुपर्नेमा जनधारणा लेख्नु भएको हो कि तपाईको बुझाई नै त्यस्तै हो ?’, पाण्डेले प्रश्न गर्दै भनेका छन्, ‘यो असावधानीको पराकाष्ठा हो, सच्याउनु भए आभारी हुनेछु !’

मुख्यमन्त्री पोखरेलले स्टाटसमा सरकारलाई काम गर्न नदिएको भनेर पत्रकार र सञ्चारमाध्यमलाई गाली गरेकोमा आलोचना पनि भएको छ ।

उनकै पार्टी नेकपा निकटका पत्रकार जी भट्टले कमेन्ट लेख्दै मुख्यमन्त्री पोखरेललाई विभिन्न प्रश्नहरू गरेका छन् । ‘तपाईं संसदीय दलको नेता भएको प्रदेश सभाले २ वर्षसम्म पनि प्रदेश राजधानी तोक्न नसकेको कुरा नियोजित षड्यन्त्र नै होला ?’, भट्टले प्रश्न गरेका छन् ।

‘दाङ प्रदेश राजधानी बनाउँछु भनेर भोट माग्नुभयो, अहिले मैले चुनावका कुरा बिर्सिए, अरुले पनि बिर्सिनुस् भन्दै हिँड्नुभएको छ, मतदातालाई धोका दिनुभयो, यो पनि नियोजित षड्यन्त्रै होला’, भट्टले भनेका छन् ।

‘स्वास्थ्य सामग्री खरिदमा त्यत्रो काण्ड भयो, नियोजित षड्यन्त्रै होला । मन्त्रीका अडियो टेप सार्वजनिक भइरहेका छन्’, पत्रकार भट्टले लेखेका छन्, ‘नियोजित षड्यन्त्रै होला । भ्रष्टहरूविरुद्ध मिडियाले निरन्तर नियोजित षड्यन्त्र गरिरहने छन्, मिडियाको धर्म नै यही हो । भ्रष्ट मण्डली सावधान !’

Published : Saturday, 2020 April 4, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया