दिल्लीको मुस्लिम भेलामा सहभागी नेपालीमा कोरोनाको संक्रमण

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मुस्लिम धार्मिक भेलामा सहभागी १० नेपालीमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नयाँदिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक सभामा नेपालसहित विश्वका कयौँ देशका मुस्लिमहरूले सहभागिता जनाएका थिए ।

धार्मिक सभामा सहभागी ६ सयभन्दा बढीलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्ययमले खबर सार्वजनिक गरेका छन् ।

नेपालबाट सभामा सहभागी भएका पर्सा घर भएका ६६ वर्षीय पुरुष व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती नेपाली व्यक्ति दुई साताअघि हरियाणाको अम्बाला पुगेका थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् ।

५ मार्चदेखि १३ मार्चसम्म चलेको मुस्लिमहरूको धार्मिक भेलामा विभिन्न देशका चार हजारभन्दा धेरै मुस्लिमहरूले सहभागिता जनाएका थिए ।

Published : Saturday, 2020 April 4, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया