दिल्लीको मुस्लिम भेलामा सहभागी नेपालीमा कोरोनाको संक्रमण
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मुस्लिम धार्मिक भेलामा सहभागी १० नेपालीमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नयाँदिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक सभामा नेपालसहित विश्वका कयौँ देशका मुस्लिमहरूले सहभागिता जनाएका थिए ।
धार्मिक सभामा सहभागी ६ सयभन्दा बढीलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्ययमले खबर सार्वजनिक गरेका छन् ।
नेपालबाट सभामा सहभागी भएका पर्सा घर भएका ६६ वर्षीय पुरुष व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती नेपाली व्यक्ति दुई साताअघि हरियाणाको अम्बाला पुगेका थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् ।
५ मार्चदेखि १३ मार्चसम्म चलेको मुस्लिमहरूको धार्मिक भेलामा विभिन्न देशका चार हजारभन्दा धेरै मुस्लिमहरूले सहभागिता जनाएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया