बागमती प्रदेशका सबै खेलकुद प्रतियोगिता स्थगित

काठमाडौं । बागमती प्रदेश अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले अर्को सूचना नभएसम्मका लागि सबै खेलकुद प्रतियोगिताहरूका कार्यक्रमहरू स्थगित गरेको छ ।

परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बिहीबार सूचना जारी गरेर केन्द्र सरकारको निर्णय र निर्देशनअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खेलकुद प्रतियोगिताहरू स्थगित गरिएको जनाएका छन् ।

यो विज्ञप्तिसँग बागमती प्रदेशमा चैतको २१ गतेदेखि २८ गतेसम्म हुने भनिएको सबै प्रतियोगिताहरू स्थगित भएका छन् ।

‘कोरोना भाईरस संक्रमणका कारण प्रदेशस्तरीय खेलकुद प्रतियोगिता लगायत प्रदेशभित्र हुने सबै खेलकुद कार्यक्रहरू अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 March 19, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया