कांग्रेस हराउने अन्तर्घाती बचाउन रामचन्द्र र डा.आरजुवीच घम्साघम्सी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिले डा.आरजु राणा सबैभन्दा धेरै आक्रोशित बनेकी छिन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.राणालाई पौडेलको विज्ञप्तिले तनाब बनाइदिएको हो ।

पौडेलले कैलालीका अन्तर्घाती नेता पुष्करनाथ ओझालाई कारबाही गर्न नहुने अडान राखेर विज्ञप्ति जारी गरेका थिए । नेता पौडेलले अन्तर्घाती ओझाको बचाउ गरेपछि डा.राणा आगो बनेकी हुन् ।

नेता पौडेलले तनहुँ जिल्लामा उम्मेदवारी दिएर खारेजीमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भने कारबाही गरेर पार्टीबाटै निस्कासित गर्नुपर्ने अडान राखेका छन् ।

पौडेलले जोशीलाई कारबाही र ओझालाई कारबाही नगर्न भनेपछि तरंग उत्पन्न भएको हो ।

पार्टीकी आधिकारी उम्मेदबार डा.राणालाई हराउन भूमिका खेलेको प्रमाणसहित परेको उजुरी पुष्टि भएका ओझालाई कारबाही नगराउन नेता पौडेल लागेका हुन् ।

पौडेल आफू चुनाव हारेपछि उम्मेदवारी खारेज भएका आफ्नै जिल्लाका जोशीलाई कारबाही गर्न माग गरेपछि विज्ञप्ति पूर्वाग्रहपूर्ण रहेको भन्दै आलोचना भएको छ ।

कैलाली क्षेत्र नम्बर ५ का कांग्रेसका आधिकारी उम्मेदवार डा.राणालाई हराउन भूमिका खेलेका ओझालाई कारबाही गर्न नहुने अडान राख्दै आफूविरुद्ध तनहु क्षेत्र नम्वर १ मा उम्मेदवारी दिएपछि निर्वाचन आयोगबाट खारेजी भएका जोशीलाई भने कारबाही गर्न माग गरेका छन् ।

वरिष्ठ नेता पौडेल सहभागी भएको कैलालीको एउटा कार्यक्रममा अन्तरघाती ओझाले ‘कुन उम्मेदवारलाई समर्थन गर्ने र नगर्ने भन्ने आफ्नो व्यक्तिगत स्वतन्त्रता’ भएको बताएका थिए । उनले कैलाली क्षेत्र नम्वर ५ को कांग्रेसकी उम्मेदवार डा.राणालाई हराउन आफू लागेको धारणा सार्वजनिक गरेका थिए ।

नेता पौडेलले पार्टीलाई विधि विधानभन्दा पनि आफ्नो हितमा मात्रै चलाउनुपर्छ भन्ने अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लागेको छ ।

पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘स्वयम बागी उम्मेदवार बनेर खुलेआम अन्तरघात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई संगै जोडेर जो कारबाहीको नाटक मञ्चन गरिएको छ, यो घृणित षडयन्त्र हो ।’

नेता पौडेल निकट मानिने ओझाले खुलेआम आफूले पार्टीको आधिकारिक उम्मेदवारलाई मन नपरेर हराएको भनेका छन् ।

तनहुँदा पौडेलविरुद्ध उम्मेदवारी दर्ता गराएका नेता जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।

जोशीले पौडेललाई हराउन लागेको भन्ने आरोप पुष्टि हुनेगरी कुनै प्रमाण अनुशासन समितिमा पेश भएको छैन ।

Published : Saturday, 2020 March 14, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया