खेलकुदको राजनीतिले खेलाडीको भविष्य अन्धकारः महर्जन

ललितपुर । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा व्यापक राजनीति करण भएका कारण खेलाडीहरूको भविस्य अन्धकार भएको बताएका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ टीका भैरबमा सञ्चालन भएको दोस्रो मेयर कप राष्ट्रिय सो क्योकुशिन कराते प्रतियोगितालाई शुक्रबार सम्बोधन गर्दै महर्जनले खेलकुदमा व्यापक राजनीति करण भएको बताए । उनले राष्ट्रिय संघहरू पनि विवादमा परेको बताए ।

महर्जनले नेपालको खेलकुदको पहिचान भनेकै मार्शल आर्ट रहेको बताए । ‘यसको प्रमाण १३औँ साग गेमले प्रमाणित भैसकेको छ’, उनले भने, ‘हरेक मार्शल आर्टमा विवाद छ । एउटा संघमा कति जना अध्यक्ष छन् ? लेखाजोखा छैन ।’

पूर्वकोषाध्यक्ष महर्जन भने, ‘म अध्यक्ष हो भनेर काम गरिरहेका छन् । करातेमा विवाद, तेक्वान्दोमा विवाद, उसुमा विवाद छ । बक्सिङमा पनि विवाद छ । अरु राष्ट्रिय संघमा पनि त्यतिकै विवाद छ ।’

सरकारले घोषणा गरेको १३औँ साग गेमका पदक बिजेता खेलाडीहरूलाई नगद पुरुस्कार घोषणा गरेको ३ बितिसक्दा पनि पुरुस्कार नपाउदा खेलाडीहरूमा निराश बनेको महर्जनले बताए ।

सरकारले खेलाडी र खेलकुदको महत्व नबुझेको उनले आरोप लगाए । ‘देशको पहिचान गराउने भनेकै खेलकुद बाटै हो’, उनले भने, ‘खेलकुदलाई प्राथमिकतामा राख्न सरकारसँग मेरो अनुरोध छ ।’

पूर्वकोषाध्यक्ष महर्जनले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रशंसा समेत गरेका छन् ।

‘नेपालमा ७५३ स्थानीय निकाय छ । त्यसमध्य प्रत्येक महिना यस्ता खेलकुद प्रतियोगिता गरेर खेलाडी, खेलप्रेमी र युवाहरूको मन जित्न सफल हुनु भएकोमा मेयर गजेन्द्र महर्जनलाई खेलाडीहरूको तर्फबाट धन्यवाद छ’, महर्जनले भनेका छन् ।

Published : Saturday, 2020 March 7, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया