सेना र एपिएफ फाईनल प्रवेशका लागि भिड्ने

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुषतर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबवीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ ।

अर्को सेमिफाईनलमा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् कलबवीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा टिएसीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

अर्को विभागीय टोली एपिएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्दै टिएसी संगको भेट पक्का गरेको हो ।

जित निकालेर सेमिफाईनल प्रवेश गर्ने क्रममा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित गर्‍यो ।

अब सेमिफाईनलमा पुलिसको भेट हेल्प नेपाल स्पोर्टस् क्लबसंग हुने भएको छ । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छायो ।

प्रतियोगिताको सेमिफाईनल बिहिबार हुने भएको छ । पहिलो खेल पुरुष तर्फ सेनाको टिएसी र एपिएफ बिहान साढे ९ बजे तथा दोश्रो खेल नेपाल पुलिस क्लब र हेल्प नेपालवीच ११:३० बजे हुने छ ।

महिलातर्फको पहिलो खेल एपिएफ र नेपाल पुलिसवीच १ बजे र दोश्रो खेल होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब र सेनाको टिएसीवीच ३ बजे हुने कार्यक्रम रहेको छ ।

Published : Wednesday, 2020 January 22, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया