थापाद्वारा फुटबलका क्याप्टन र प्रशिक्षकहरूलाई नगदसहित सम्मान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सुजल श्रेष्ठ र करातेका प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेका छन् ।

‘सूर्यबहादुर थापा प्रष्ठिान’ले काठमाडौंको मालिगाउँमा बिहीबार बिहान आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा नेता थापाले कप्तान श्रेष्ठलाई नगद, प्रमाण पत्रसहित सम्मान गरेका हुन् ।

राप्रपा (संयुक्त)का नेता थापाले करातेका प्रशिक्षकद्वय तारा गुरुङ र कुशल श्रेष्ठलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित भएका राष्ट्रिय फुटबल टिमका कप्तान सुजल श्रेष्ठ, करातेका प्रशिक्षकद्वय तारा गुरुङ र कुशल श्रेष्ठ पूर्वमन्त्री थापाकै गृहजिल्ला धनकुटाका हुन् ।

धनकुटाबाट १३औँ दक्षिण एसियाली खेल (साग)मा सहभागी भएर देशलाई मेडल जिताएको खुसियालीमा थापाले उनीहरूलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय फुटबल टिमका क्याप्टन सुजल श्रेष्ठकै नेतृत्वमा १३औँ साग गेममा नेपालले गोल्ड मेडल जितेको थियो ।

बधाई तथा सम्मान कार्यक्रममा राप्रपा (संयुक्त)का नेता थापाले देशका नाम उच्च बनाउन खेलकुदका क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले भविष्यमा पनि आफ्नो जिल्ला धनकुटा र देशको नाम राख्न योगदान पु¥याउन खेलाडीहरूलाई शुभकामना दिएका थिए ।

Published : Thursday, 2019 December 19, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया