ललितपुरले पदक विजेता खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने

काठमाडौं । नेपाल कराते महासंघ ललितपुरले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ललितपुर जिल्लाबाट पदक हासिल गर्ने करातेका खेलाडी र प्रशिक्षकहरूलाई सम्मान र पुरस्कृत गर्ने भएको छ ।

कराते महासंघ ललितपुरले मंसिर २८ गते शनिबार बिहान ९ लगनखेल डोजोमा खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित पुरस्कृत गर्न लागेको राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जनाकारी दिए ।

नगद पुरस्कार र सम्मान नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पुरस्कार र सम्मान गर्नेछन् ।

सम्मानित हुने करातेका खेलाडीहरू विप्लवलाल श्रेष्ठ, मुकुन्द्र महर्जन, विनोद शाक्य गुभाजु रहेका छन् ।

प्रशिक्षकहरूमा गोपाल महर्जन, गंगाराम महर्जन र दीपक श्रेष्ठ रहेका छन् ।

स्वर्ण पदक जित्नेलाई नगद रु.२५ हजार, रजत पदक जित्नेलाई नगद रु.१५ हजार र कास्य पदक हासिल गर्ने खेलाडीलाई नगद रु.१० हजार नगदसहित कदरपत्र प्रदान गरिने कार्यक्रम संयोजक जिल्ला सचिव एवम पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले जानकारी दिए ।

साग गेमको करातेतर्फ ललितपुर जिल्लाले आफ्नो उपस्थितिलाई बलियो रुपमा प्रस्तुत गरेको थियो ।

Published : Thursday, 2019 December 12, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया