फुटबलमा नेपालले इतिहाँस रच्यो, एकजुट भयाे देश

काठमाडौं । नेपाल फाइनलमा भुटानलाई हराउँदै पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

१३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत नेपालले भूटानलाई २–१ गोल अन्तरले पराजित गरेर उपाधिमाथि कब्जा जमाएको हो । घरेलु दर्शक सामू नेपाली खेलाडीहरूले मंगलबार उपाधि जितेका छन् ।

भूटान पनि खेलमा आक्रमक देखिएको थियो । पराजित भूटान रजत पदक मै सीमित भएको छ ।

फुटबलमा स्वर्ण जितेपछि सागमा नेपालको स्वर्ण पदक ५१ पुगेको छ ।

साग फुटबलमा अहिलेसम्म नेपालले जितेको यो चौथो स्वर्ण हो । खेलमा नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका छन् । भुटानका लागि भने चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।

नेपालका अभिषेक रिजालले १६औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । भुटानका चेन्चो ग्याल्सेनले ३७ औँ मिनेटमा बराबरी गोल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ३२औं मिनेटमा नेपालका खेलाडी सुमन अर्यालले पहेलो कार्ड पाएका थिए ।

३२औँ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन । पहिलो हाफमा खेलमा भुटान आक्रमक देखियो ।

दोस्रो हाफमा भने नेपाल हावी भयो खेलको ५३औं मिनेटमा नेपालले अर्को गोल थप्यो ।

नेपालका सुनिल बलले हेड मार्फत सान्दार गोल गरेका थिए । लगतै अभिषेक रिजालले ५७ औं मिनेटमा पाएको अवसारलाई गोलमा परिणत गर्न सकेनन् ।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो ।

दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो ।

अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो ।

भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा भारतले समान ३ पटक जितेका छन् । बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन् ।

यसअघि नेपालले सन् १९८४, १९९३ र २०१६ मा साग फुटबलको उपाधी जितेको थियो । १९१९ को सागमा उपाधि जितेसंगै नेपालले पाकिस्तानसंग उपाधी बराबरी गरेको छ । नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण जितेको हो ।

नेपालको प्लेइङ सेटमा विकेश कुथु, अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन् । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका छन् ।

Published : Tuesday, 2019 December 10, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया