सफल प्रशिक्षक गंगाराम, सागमा आठै खेलाडीले जिते पदक

ललितपुर । करातेका प्रशिक्षक गंगाराम महर्जनले प्रशिक्षण दिएका आठ जना करातेका खेलाडीहरूले १३औँ दक्षिण एसियाली खेल (साग)मा स्वर्ण र रजत पदक जितेका छन् ।

प्रशिक्षक महर्जनले आठ जनालाई करातेको प्रशिक्षण दिएका थिए । ८ जनामध्ये ७ जनाले स्वर्ण पदक जितेका छन् । १ जनाले रजत पदकमा चित्त बुझाएका छन् ।

प्रशिक्षक महर्जनले प्रशिक्षण दिएका खेलाडीहरूमा मन्देकाजी श्रेष्ठ २ स्वर्ण, महशुस मोक्तान, प्रवीण मानन्धर, निर्मला तामाङ, संगीता मगर, सरु कार्कीले पनि स्वर्ण जितेका छन् । चञ्चला दनुवारले भने रजत पदक ल्याएकी छिन् ।

प्रशिक्षक महर्जन बिगत २० वर्षदेखि प्रशिक्षकको भूमिकामा छन् । महर्जनले सन् १९९९ नेपालमा भएको आठौँ साफ गेममा करातेतर्फ स्वर्ण पदक हासिल गरेका थिए ।

सन् २००२ मा पाकिस्तानमा भएको ९औँ साफ गेममा रजत पदक हासिल गएका थिए ।

श्रीलंकामा भएको १०औँ साफ गेममा महर्जले कास्य पदक हासिल गरेका थिए ।

महर्जन लगातार १० वर्षसम्म राष्ट्रिय च्याम्पियन बने । त्यसपछि महर्जन कोचको भूमिकामा छन् ।

पटक–पटक राष्ट्रिय टिमको कोच हुँदा खेलकुदमा राजनीतिकरणका कारण विदेशमा हुने कराते प्रतियोगितामा कोचको भूमिकाबाट बञ्चित हुने गर्थे । महर्जनको कसैको चाप्लुसी चाकडी गर्ने बानी छैन ।

कराते प्रतियोगिताको शिलशिलामा करीब १५ देश सहभागिता जनाइसकेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा जन्मिएका महर्जन निकै मिलानसार र असल स्वभावका प्रशिक्षक मानिन्छन् ।

‘मैले राष्ट्रको लागि धेरै रगत पसिना बगाएको छु’, उनले भने, ‘राष्ट्रले जति सम्मान गर्नुपर्ने थियो । त्यो भएन । नेपालमा खेलकुदमा राष्ट्रले जति लगानी गर्नुपर्ने थियो ।’

राष्ट्रले विशेष गरी मार्शल आर्टमा लगानी गर्नुपर्ने महर्जनको भनाइ छ । नेपालमा खेलकुदको प्रतिष्ठा भनेकै मार्शल आर्टलाई मानिन्छ ।
यसको उदाहरण अहिलेको १३औँ साग गेमले प्रमाणित गरिसकेको छ ।

राष्ट्रिय खेलकुद् परिषदका पूर्वकोषाध्यक्ष, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् पूर्व अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले गंगाराम महर्जन अत्यन्तै राम्रो प्रशिक्षक रहेको बताए ।

‘गंगाराम महर्जन मेरो बाल्यकालदेखिको साथी हो । उहाँ धेरै मेहनेती र मिलनसार हुनुहुन्छ’, उनले भने, ‘गंगारामजी राम्रो प्रशिक्षक हुनुहुन्छ । उहाँले चाकडी र चाप्लुसी गर्न जान्नु भएको छैन ।’

पूर्वकोषाध्यक्ष महर्जनले करातेमा सानै उमेरदेखि मेहनत गरेका कारण गंगाराम महर्जन १३औं साग गेममा आठै जना करातेका खेलाडीलाई मेडल जित्ने बनाएको बताए । गंगाराम महर्जनको मेहनतका कारण उनी करातेका सफल कोचका रुपमा चिनिन्छन् ।

१३औँ साग गेममा १९ वटा इभेन्टमध्ये १० वटा इभेन्टमा स्वर्ण पदक हासिल भइसकेको छ । गंगाराम महर्जनले करातेमा पु¥योएको योगदानको राज्यले कसरी मूल्यांकन गर्छ समयले बताउनेछ ।

Published : Sunday, 2019 December 8, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया