कांग्रेस नेता बस्नेतद्वारा सागमा स्वर्ण पद विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १३औँ दक्षिण एसियाली खेल (साग)मा स्वर्ण पदक विजेता गृहजिल्ला सिन्धुपाल्चोक निवास खेलाडीहरूलाई नगद पुरस्कारले सम्मान गरेका छन् ।

काठमाडौंमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसका नेता बस्नेतले साग गेममा करातेतर्फ स्वर्ण पदक हासिल गर्ने नवीन रसाइली र सुनिता महर्जनलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरेका हुन् ।

बस्नेतले सिन्धुपाल्चोक निवासी करातेकी स्वर्ण पदक विजेता कुशुम खड्का र ताईक्वाण्डोकी स्वर्ण पदक विजेता काजल श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्ला मै भब्य सम्मानका साथ प्रति व्यक्ति रु. ५० हजार दिने घोषणा गरेका छन् ।

पुरस्कार वितरण र घोषणा कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 December 6, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया