सागगेमको उद्घाटन अस्तव्यस्त, भीआईपीकाे सिटमा अरिँगालहरू

काठमाडौं । तयारी नपुग्दा र भौतिक पूर्वाधारको कमीका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिएको १३औँ सागगेममा अस्तब्यस्तता देखिएको छ ।

आइतबार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको उद्घाटनमा व्यवस्थापनको कामजोरीका कारण अस्तव्यस्त देखिएको थियो ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अंग्रेजीबाट शुरु गरिएको सम्बोधनलाई कसैले बुझेका थिएनन् ।

बरु मन्त्री विश्वकर्माले नेपालीमा सम्बोधन गरेर अंग्रेजीमा उल्था गरिदिएको भए धेरै राम्रो हुने थियो ।

मार्चपासमा पनि अस्तव्यस्त देखिएको थियो । १३औँ सागगेमलाई कम्युनिस्ट सरकारका मन्त्री र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बजेट कुम्ल्याउने बाटोको रुपमा लिइएको आरोप लागेको छ ।

‘तयारी विना नै भएको १३औँ सागगेमको यो खेलमा बजेटको दुरुपयोग भएको छ । भौतिकपूर्वाधार पनि पूरा भएको छैन’, एक जना खेलाडीले भने, ‘बजेट सिध्याउने हर्कत भएको छ । यो तयारीले अन्तर्राष्ट्रियस्तरमा नेपालको छविमा आँच आएको छ ।’

सरकारले १३औँ सागगेमका लागि २५ करोड बजेट छुट्याएको छ । बजेट अनुसारको काम नै नभएको चर्चा हुन थालेको छ ।

उद्घाटनका बेला भीआईपीका लागि छुट्याइएको सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूलाई हुलेर अस्तव्यवस्त बनाइएको थियो ।

Published : Sunday, 2019 December 1, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया