लगनखेलमा करातेको बेल्ट टेस्ट सप्पन्न

ललितपुर, २८ कात्तिक । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो लगनखेलमा सितोरियो करातेको बेल्ट टेस्ट सम्पन्न भएको छ ।

उक्त बेल्ट टेस्टको ह्वाइट बेल्टतर्फ साकल तामाङ प्रथम भएका छन् । हाल्फ ओरेञ्ज बेल्टतर्फ विशेष महर्जन प्रथम भए ।

ओरेञ्ज बेल्टतर्फ काबेनी ढुंगाना प्रथम भएकी छिन् । हाफ ग्रिन बेल्टतर्फ रोहित चौधरी प्रथम भए ।

ग्रिन बेल्टतर्फ समीर राई प्रथम भएका छन् । ब्राउन बेल्ट थर्ड क्युतर्फ कृषा थपलिया प्रथम भएकी छिन् ।

बेल्ट टेस्ट लगनखेल डोजो अध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ, प्रशिक्षक विनोद महर्जन र राजेश बज्राचार्यले गरेका थिए ।

लगखेल डोजो नेपाल कै उत्कृष्ट डोजो मानिन्छ । सन् १९९९ नेपालमा भएको आठौं साफ गेममा लगनखेल डोजोमा प्रशिक्षण लिने खेलाडीहरूले ५ स्वर्ण पदक ल्याएका थिए ।

त्यस बेला राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन प्रशिक्षक थिए । महर्जन लगनखेल डोजोका संथापक समेत हुन् ।

Published : Thursday, 2019 November 14, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया