तुलसीपुर १३ मा कांग्रेसको राम्रो काम ‘अरिँगालहरू’लाई मन परेन

तुलसीपुर । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ मा लगाएको ताला २४ घण्टाभित्र नखोलिए उप–महानगरपालिकामा तालाबन्दी गर्ने वडाध्यक्षहरूले चेतावनी दिएका छन् ।

१० जना वडाध्यक्षहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मेयर घनश्याम पाण्डेलाई २४ घण्टाभित्र ताला खोल्न चेतावनी दिएका हुन् ।

सोमबार बिहान तुलसीपुरमा भेला भएका १० वटा वडाका वडाध्यक्षहरूले वडा नम्वर १३ को वडा कार्यालयमा लगाएको ताला वार्ताको माध्यमबाट समाधान गर्न आह्वान गरेका छन् ।

मेयरसंग वार्ता र सम्वाद गर्न वडा नम्वर ७ का वडाध्यक्ष टोपबहादुर केसीको संयोजकत्वमा वार्ता समिति पनि गठन गरिएको छ ।

समितिमा वडा नम्वर ९ का वडाध्यक्ष घनश्याम ढकाल र वडा नम्वर १० का वडाध्यक्ष कुमार लामिछाने सदस्य रहेको वडा नम्वर १३ का वडाध्यक्ष डम्वरबहादुर न्यौपानेले जानकारी दिए ।

आइतबार नेकपाका स्थानीय नेताहरूको नेतृत्वमा वडा कार्यालयमा ताला लगाइएको थियो । नेकपाका नेताहरूले ताला लगाएपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।

सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा नेकपाको भागभण्डा हुनुपर्ने माग गर्दै आइतबार कम्युनिस्टहरूले तालाबन्दी गरेका थिए ।

गत असारमा गठन भएको उपभोक्ता समितिले तुलसीपुर उपमहानगरपालिकासँग योजना सम्झौताका लागि प्रक्रिया अगाडि बढाउँदा आलटाल गरेको र नेकपाले यसको फाइदा लिँदै तालबन्दी गरेको आरोप छ ।

स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा नेपाली कांग्रेसबाट उम्मेदावरी दिएका वडाध्यक्ष र ४ जना वडा सदस्यहरू निर्वाचित भएका थिए ।

Published : Monday, 2019 November 11, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया