कांग्रेसका शीर्ष नेताहरूले गरे कम्युनिस्टहरूलाई छटपटी हुने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले उम्मेदवारहरूलाई हरप्रकारको सहयोग गरेर निर्वाचित बनाउन निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठानको विषय बनाएको छ ।

नेपाली कांग्रेसले पार्टीभित्र एकता र उत्साहका साथ आफ्ना उम्मेदावरहरूलाई विजय अभियानमा केन्द्रित हुने निर्देशन दिएको हो ।

कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरूले पार्टीभित्रको आन्तरिक मतभेद र विवादहरूलाई थाँती राखेर पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउने तथा कुनै पनि विवादित अभिव्यक्ति नदिने निर्णय गरेसँगै कम्युनिस्टहरूलाई तनाब बढाइदिएको छ ।

नेपाली कांग्रेस प्रवक्ता शर्माले उम्मेदवारी चयन र दर्ता पश्चात् थप शीर्ष नेतासहित पदाधिकारी बैठक बसेर एकता र उत्साह साथ विजय अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरिएको जानकारी दिएका छन् ।

‘उम्मेदवारी चयन र दर्ता पश्चात् थप शीर्ष नेतासहित पदाधिकारी बैठक बस्यो’, शर्माले भनेका छन्, ‘एकता र उत्साह साथ विजय अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय बैठकले लिएको छ ।’

नेपाली कांग्रेसले कास्की, भक्तपुर, बागलुङ र दाङका साथै गाउँपालिक तथा नगरपालिकाको उपनिर्वाचन कुनैपनि हालतमा जितेर झण्डै दुईतिहाइको बहुमत नजिक रहेको सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)को अहँकार भत्काउने योजनामा रहेको छ ।

Published : Sunday, 2019 November 10, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया