राप्ती गाउँपालिकामा वडास्तरीय खेल प्रतियोगिता

मसुरिया । पूर्वदाङको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकाले वडास्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।

वडा नम्बर ३ ले टोल विकास संस्थास्तरीय फुटबल, क्रिकेट र कबड्डी प्रतियोगिताको आयोजना गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवदी रहेका थिए ।

अध्यक्ष सुवेदीले खेलाडीको क्षमता अभिबृद्धि गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलाडीलाई पु¥याउने उदेश्यले गाउँपालिका र वडाहरूले नियमित रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

आइतबारदेखि शुरू भएको प्रतियोगिता फुटबल, क्रिकेट र कबड्डी गरी १३ टिमले सहभागिता जनाएको खेल संयोजक तुला गिरीले जानकारी दिए ।

कबड्डी खेलमा बसन्तापुर टोल विकास संस्था, खुरुरिया टोल विकास संस्था, बाघढड्डी टोल विकास संस्था र नयाँबस्ती टोल विकास संस्थावीच प्रतिस्पर्धा चलिरहेको रेफ्री ईश्वर अधिकारीले बताए ।

फुटबल खेल नयाँबस्ती टोल विकास संस्था, उत्तर मसुरिया टोल विकास संस्था, खुरुरिया टोल विकास संस्था, बसन्तापुर टोल विकास संस्था, बाघढड्डी टोल विकास संस्थावीच हुनेछ ।

क्रिकेट खेल बसन्तापुर ‘ए’ टोल विकास संस्था, नयाँबस्ती ‘ए’ टोल विकास संस्था, उत्तर मसुरिया टोल विकास संस्था, बाघढड्डी टोल विकास संस्थावीच हुने रेफ्री धनीराम घर्तीले बताए ।

विजेता खेल समूहहरूलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने वडासचिव दामोदर पोख्रेलले बताए ।

Published : Sunday, 2019 November 3, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया