राप्तीमा फुटबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता

देउखुरी । पूर्वी दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नम्बर १ मा फुटबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

बुधवार पाखापानी क्रिकेट मैदानमा खेलकाउ उद्घाटन गरी शुरु गरिएको हो ।

राप्ती गाउँपालिकाका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिताको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा फुटबल, पाखापानी खेल मैदानमा क्रिकेट र पुल्चोकको शिव मन्दिर परिसरको कोर्टमा ब्याडमिन्टन खेल गराइनेछ ।

वडा नम्बर १ मा आयोजित फुटबल प्रतियोगितामा ७ टिम, क्रिकेट प्रतियोगितामा ७ टिम र ब्याडमिन्टन प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका छन् ।

वडाध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आगामी दिनमा भलिवल, कराते लगायत खेलको प्रतियोगिता समेत आयोजना गरिनेछ ।

प्रतियोगितालाई उत्साहित बनाउन भुतपूर्व सैनिक संघले क्रिकेट खेलाडीहरूलाई ड्रेसको ब्यवस्था मिलाइदिएको छ ।

खेलमा विजयी खेलाडी र समूहलाई नगद, प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।

Published : Wednesday, 2019 October 23, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया