ओखलढुंगामा व्याकुल माइला फुटबल प्रतियोगिता हुँदै

ओखलढुंगा । ‘खेलकुदको माध्यामबाट विकासको अभियान’ भन्ने नाराका ओखलढुंगा जिल्लामा व्याकुल माइला गोल्डकप आठौँ संस्करण र रुपा स्मृति महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता असोज २६ गते कोजागत पूर्णिमादेखि कात्तिक ४ गतेसम्म फुटबल प्रतियोगिता हुनेछ । ब्याकुल माइला मैदान सोक्माटारमा हुने प्रतियोगितालाई मानेभञ्ज्याङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, दश्रोलाई ८० हजार र तेस्रो र चथौलाई क्रमशः १५–१५ हजारको दरले पुरस्कार दिइने श्री सरोकार समाज युवा क्लबका अध्यक्ष रक्षमान राईले जानकारी दिए ।

ब्याकुल कपको मुख्या उदेश्या ओखलढुंगाका युवाहरूलाई खेलकुदमा अग्रसर गराउने रहेको छ ।

फुटबल मात्र नभई स्थानीय लोक संस्कृति, भाका र पहिचान खोज्ने उदेश्याले प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताका क्रममा स्वास्थ्य शिविर पनि सञ्चालन हुने मूल समारोह समितिको संयोजक क्षमाराज राईले जानकारी दिए ।

प्रतियोगिता फिफाको नियम अनुसार खेलाइनेछ । एउटा क्लब वा संस्थाबाट १ टिमले मात्र सहभागिता जनाउन पाउनेछ ।

क्लब वा संस्था बर्सेनि नवीकरण भएको टिमलाई मात्रै सहभागी गराइने समितिले जनाएको छ ।

एउटा टिमबाट १ जना कोच, १ व्यवस्थापक, ९ खेलाडी र ४ अतिरिक्त खेलाडीसहित जम्मा १५ जना हुनुपर्नेछ ।

महिला फुटबल प्रतियोगितामा टिम दर्ता निःशुल्क रहेको छ । पहिलो हुनेले मात्र पुरुस्कार पाउनेछ ।

महिला फुटबल प्रतियोगितामा १ जना कोच, १ जना व्यवस्थापक, ७ जना खेलाडी र ३ जना अतिरिक्त खेलाडीसहित जम्मा १२ जना हुनुपर्नेछ ।

खेलाडीहरूको सुरक्षाका साथै खाना र बस्ने जिम्मा क्लब वा संस्था आफैले लिनुपर्नेछ ।

Published : Tuesday, 2019 October 1, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया