करातेभित्र भाँडभैलो, खेलाडीको बिचल्ली, होटेलको बिल अर्कैले तिरिदियो

काठमाडौं । यहि डिसेम्बर १ देखि १० सम्म हुन लागेको १३ औँ सागगेममा कराते महसंघले अहिलेसम्म करातेको कोच छान्न सकेको छैन ।

सागगेम खेल्ने करातेका खेलाडीहरूलाई वैदेशिक प्रशिक्षण पठाउने गरिन्थ्यो । कराते महासंघका पदाघिकारीहरू भने आ–आफ्नो नजिकका कोचको खल्तीमा लिष्ट बोकेर बसिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष संघ विवाद समाधान समितिका संयोजक पितम्बर तिमल्सिनाको ग्राइन्ड डिजाइनमा बनाएका अध्यक्ष शम्भु आचार्य कहाँ छ अत्तोपत्तो छैन ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको होटलमा अहिलेसम्म पैसा तिरेका छैनन् । सागगेम खेल्ने खेलाडीहरूका अनुसार होटलको पैसा ६ लाख टिम व्यवस्थापक आठौं साफगेम स्वर्ण पदक बिजेता रबि महर्जनले तिरेका छन् । संघले पैसा नतिरेपछि महर्जनले पैसा तिरेका हुन् ।

होटेलमा अहिलेसम्म ४२ लाख बिल पुगिसकेको छ । कराते महासंघका सह–अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसीले आफ्ना नजिकका कोच कसरी पार्न सकिन्छ भनेर दिनभरि दौडधुपमा लाग्ने गरेका छन् ।

सागगेममा बढी स्वर्ण पदक ल्याउने यहि कराते खेल मानिछ । यतिखेर कराते महासंघका पदाधिकारी देखेर वाक्कदिक्क भई सकेका छन् ।

३ महिनाभित्र चुनाव गराउने भनेर बनाइएको तदर्थ कमिटी ५ महिना पुगिसक्दा पनि आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ ।

अहिलेसम्म चुनाव गराउने कुनै सुरसार नै छैन । पितम्बर तिमल्सिनाको योजनामा अध्यक्ष बनाइएका शम्भु आचार्य नेकपा नेता भीम आचार्यका भाई हुन् ।

करातेका एकजना प्रशिक्षक भन्छन्– ‘करातेमा पनि राजनीति छिराएर कराते ध्वस्त पर्न खोजेको छ । यदि यस्तो कुकृत्य काम गरेमा तमाम करातेका खेलाडीहरू मिलेर यिनीहरूलाई तह लगाउनेछन् ।’ खेलाडीहरूले कराते महासंघको विवाद छिटो समाधान नगरिए ताला लगाउने चेतावनी दिएका छन् ।

अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई चिफ कोच मदन उप्रेतीले कातामा गंगाराम महर्जन, वीरकृष्ण शाही र कुमुटेमा राजेश श्रेष्ठ, कुशल श्रेष्ठलाई जिम्मा दिएका छन् ।

संघले गोपाल महर्जन र राधिका देउलालाई पठाएको छ । विवाद कै कारण राष्ट्रिय खेलकुद परिषदले उक्त प्रशिक्षकहरूलाई मान्यता दिएको छैन ।

म्यनेजरमा रबि महर्जन र मिङमा शेर्पालाई जिम्मा दिएको छ । करातेमा १९ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ ।

सन् १९९९ नेपालमा भएको आठौँ सागगेममा करातेले १४ स्वर्ण पदक ल्याएका थिए ।

Published : Sunday, 2019 September 29, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया