लिस्बनमा तमु समाजको फुटबल, मौसमले हाने एघार गोल

पोर्तुगल । तमु समाज पोर्तुगलले लिस्बनमा आयोजना गरेको फुटबलमा नेप्जुम क्लवले उपाधि जितेको छ ।

सेभेन ‘ए’ साइड फूटबलमा नेप्जुम क्लबले उपाधी कब्जा गरेको हो । फाइनलमा जाम्बुजेइरा समूहलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सहभागी १७ समूहमध्ये नेप्जुम प्रथम हुन सफल भएको थियो ।

सेमी फाइनलमा जाम्बुजेइराले नेप फ्याम समूहलाई पेनाल्टी सुट आउटमा ६–५ को गोल अन्तरले हराएको थियो । नेप्जुमले फ्रेन्डस युनियन लिस्बनलाई ५–२ ले पराजित गरेको थियो ।

यसअघि क्वार्टर फाइनलको नक आउट चरणमा नेप्जुमले बेल्जियम समूहलाई, नेप फ्यामले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई, फ्रेन्डस युनियनले बागलुङ समूहलाई र जाम्बुजेइराले साओ तोतेनिओ समूहलाई हराएका थिए ।

लिग चरणबाट ए समूहबाट बागलुङ ‘क’ समूह, मालभेरा समूह, र तमु समाज ‘क’ समूह बाहिरिएका थिए । ‘बी’ समूहमा रहेका नेप्जुम ‘ख’ समूह, र तोरेस भेद्रास पनि लिग चरणबाटै बाहिरिएका थिए ।

‘सी’ समूहबाट युनाइटेड ब्रदर्श समूह, फ्रिडम मन्तिजु र तामाङ समाज बाहिरिए । समूह ‘डी’का तमु समाज ‘ख’ र एभरेष्ट भिजन समूह पनि लिग चरणबाटै बाहिरिन पुगेका थिए ।

खेल अवधिभर अनुशासित र मिहेनती खेलाडीकारुपमा ईश्वर तामाङ १०० युरो नगद, ट्रफी र प्रमाण पत्रले पुरस्कृत भए ।

खेल अवधिभर ११ गोल प्रहार गरेर जुरासिक मौसम नेपालले सर्वाधिक गोल गर्ने खेलाडीलाई राखिएको पुरस्कार १०० युरो नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रथम हुने समूह नेप्जुमले १५ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र, द्वितीय हुने जाम्बुजेइरा समूहले ७ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् ।

तमु समाज पोर्तुगलले आयोजना गरेको यो प्रतियोगितामा पोर्तुगलका १७ र बेल्जियमको एक समूहको सहभागिता रहेको थियो ।

नेपाली महिला समाज पोर्तुगलले फुटबल प्रतियोगिताभरि मुख्य गरी खेलाडी र अन्य दर्शकहरुकालागि स्वास्थ्य शिविर संचालन गरेको थियोे ।

शिविरमा ५० जना भन्दा बढी खेलाडी र सर्वसाधारणको प्राथमिक उपचार गरिएको जानकारी दिइयो ।

स्वास्थ्य शिविरमा पोर्तुगलमा लाइसेन्स प्राप्त पहिलो नर्स इन्दिरा ब्यन्जनकार श्रेष्ठ, नेपाली नर्स तथा महिला समाजकी उपाध्यक्ष सुनिता भट्टराई प्रतियोगिताभरि प्राथमिक उपचार गरेका थिए ।

शिविरलाई संचालन गर्न समाजकी अध्यक्ष निर्मला ढकाल खराल, महासचिव सरिता शर्मा, कोषाध्यक्ष तथा एनआरएनए पोर्तुगलकी महिला संयोजक सुशीला थापा लगायत खेल अवधिभर खटेका थिए ।

औपचारिक कार्यक्रममा गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तिलक गैरे र पर्यटदुत रमेशकुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता तमु समाज पोर्तुगलको समाजका अध्यक्ष विकास गुरुङले गरेका थिए भने सञ्चालन सचिव तारा गुरुङले गरेका थिए । प्रतियोगिता भितुरिया क्लब लिस्बन ओलाइयसमा सम्पन्न भएको थियो ।

Published : Wednesday, 2019 September 25, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया