फेसबुकले लाइक बटन हटाउने

न्युयोर्क । आलोचनाहरू खेप्दै आएको फेसबुकले आफ्नो एउटा फिचर परिवर्तन गर्न लागेको छ ।

फेसबुकलाई सामाजिक सञ्जालका रुपमा विश्वमा सबैभन्दा धेरै प्रयोग हुने गरेको छ ।

दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरू फेसबुकमा शेयर गरिन्छन् ।

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरूमध्ये लाइक्स फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो ।

फेसबुक पोष्टहरूको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ ।

फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । फेसबुकले अब यो लाइक बटनलाई छिटै हटाउँदै छ ।

फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । फेसबुकले अहिलेदेखि नै लाइक बटन हटाएर परीक्षण शुरू भएको छ ।

परीक्षणको रुपमा प्रयोगकर्ताहरूले अब आफ्ना पोष्टमा केही मात्रै लाइक्स देख्न पाउनेछन् । फेसबुक पोष्टमा लाइक गर्नेहरूको सबै संख्या देखिने छैन ।

यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् ।

जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएको छ ।

अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ । प्रयोगकर्ताहरूका लागि शुरू गरिसकिएको छैन ।

फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ ।

Published : Thursday, 2019 September 19, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया