१३औँ सागका करातेका खेलाडीहरूलाई टिसर्ट वितरण
ललितपुर । किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन तथा ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र करातेका पूर्व राष्ट्रिय खेलाडी उमेश महर्जनले साग गेमका लागि प्रशिक्षण लिइरहेका करातेका खेलाडीलाई टिसर्ट वितरण गरेका छन् ।
यहि डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौंमा हुन लागेको १३औँ साग गेममा खेल्ने करातेका खेलाडीहरूलाई विनोद र उमेशले टिसर्ट वितरण गरेका हुन् ।
हाल साग गेम खेल्ने करातेका खेलाडीहरू ३५ जना बन्द प्रशिक्षणमा छन् । १३औँ साग गेम करातेका व्यवस्थापक तथा आठौं साफगेम स्वर्ण पदक विजेता रवि महर्जनको पहलमा बितरण गरिएको थियो ।
रवि यसअघि पनि विभिन्न संघ संस्थाबाट प्रतिव्यक्ति २ जोर ट्रयाकसुट वितरण गरिसकेका छन् ।
१३औँ साग गेमा सबैभन्दा बढी स्वर्ण ल्याउने खेलका रुपमा कराते नै मानिएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया