१३औँ सागका करातेका खेलाडीहरूलाई टिसर्ट वितरण

ललितपुर । किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन तथा ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र करातेका पूर्व राष्ट्रिय खेलाडी उमेश महर्जनले साग गेमका लागि प्रशिक्षण लिइरहेका करातेका खेलाडीलाई टिसर्ट वितरण गरेका छन् ।

यहि डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौंमा हुन लागेको १३औँ साग गेममा खेल्ने करातेका खेलाडीहरूलाई विनोद र उमेशले टिसर्ट वितरण गरेका हुन् ।

हाल साग गेम खेल्ने करातेका खेलाडीहरू ३५ जना बन्द प्रशिक्षणमा छन् । १३औँ साग गेम करातेका व्यवस्थापक तथा आठौं साफगेम स्वर्ण पदक विजेता रवि महर्जनको पहलमा बितरण गरिएको थियो ।

रवि यसअघि पनि विभिन्न संघ संस्थाबाट प्रतिव्यक्ति २ जोर ट्रयाकसुट वितरण गरिसकेका छन् ।

१३औँ साग गेमा सबैभन्दा बढी स्वर्ण ल्याउने खेलका रुपमा कराते नै मानिएको छ ।

 

Published : Thursday, 2019 September 12, 6:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया