ओलम्पिक कमिटीको चुनाव रोक्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश टंक मोक्तानको एकल इजलासले मंगलबार चुनाव रोक्न आदेश दिएको हो ।

कमलबहादुर चित्रकारले उक्त चुनाव रोक्न माग गर्दै आइतबार रिट दिएका थिए । सो रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

सर्वोच्चले चित्रकारको रिटका दुबै पक्षको बहस भदौ २२ गतेलाई बोलाएको छ । तीन दिनपछि हुने भनिएको चुनाव तत्कालका लागि रोक्न भन्दै रिट दिइएको थियो ।

भदौ २२ गतेको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय हुनेछ ।

Published : Tuesday, 2019 September 3, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया