मनिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

काठमाडौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाड मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् ।

१०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए ।

तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडीहरूको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी हुन् ।

मनिकासँगै प्रकाश श्रेष्ठ, तेजबहादुर सिंह, दीपक बास्तोला दीपेन्द्र ठाकुर लगायतका खेलाडीले सहभागिता जनाएका थिए ।

दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट सुनारले स्वर्ण पदक जितेकी हुन् ।

Published : Saturday, 2019 August 31, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया