गुनासो सुनेका गगनले समाधान गर्न पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले आफ्ना मतादाताहरूको खानेपानीको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

नेता थापाले मंगलबार बिहान बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ फूलबारी टोलका स्थानीयसंग खानेपानीको समस्याका बारेमा कुराकानी गरेका हुन् । नेता थापाले स्थानीयको गुनासो सुनेपछि खानेपानीको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

स्थानीयले फूलबारी टोलमा रहेको खानेपानी समस्या समाधानका निम्ति सांसद थापासँग आग्रह गरेका थिए ।

हुन त सांसद थापाको निर्वाचन क्षेत्रका सडकहरू भत्किएर हिँड्नै नसक्ने अवस्थामा पुगेका छन् । ती सडकहरूको छिटोभन्दा छिटो निर्माण गर्न उनले दवाव दिँदै आएका छन् ।

नेता थापाको निर्वाचन क्षेत्रमा सडक निर्माणको जिम्मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीले लिएका छन् ।

ठेकेदार अधिकारीले राजनीतिक शक्तिको दुरुपयोग गरेर सडकहरू समयमा निर्माण गर्नेतर्फ ध्यान नदिएको सस्थानीयको आरोप छ ।

Published : Tuesday, 2019 August 13, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया