विश्वप्रकाश र भुपेन्द्रजंग पोर्चुगल आउँदै

लिस्बन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आउने भएका छन् ।

यही अगस्ट १२ तारिखका दिन राजधानी लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रवक्ता शर्मा पोर्चुगल आउने भएका हुन् ।

प्रवक्ता शर्मासहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही समेत साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति विनोद घिमिरेले जानकारी दिए ।

समितिको साधारणसभासंगै नेपाली कांग्रेसका कार्यकर्ताका लागि प्रशिक्षण समेत आयोजना गरिएको घिमिरेले बताए ।

प्रवक्ता शर्माले अगस्ट १३ तारिखका दिन प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए ।

Published : Monday, 2019 August 5, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया