म्यान्चेष्टर युनाइटेडले लुकाकुलाई ६० मिलियन यूरो दिन अस्वीकार
लण्डन । फुटबल खेलाडी रोमेलु लुकाकुका लागि इन्टर मिलानले गरेको ६० मिलियन यूरो अर्थात झण्डै ५४ मिलियन पाउण्डको प्रस्ताव म्यान्चेष्टर युनाइटेडले अस्वीकार गरेको छ ।
युनाइटेडले लुकाकुका लागि दुई वर्षअघि नै ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । यतिबेला सिंगापुर भ्रमणमा रहेका छन् । इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकु क्लबको पहिलो लक्ष्य रहेको बताएका छन् ।
‘म चेल्सीमा रहँदा पनि लुकाकुलाई चेल्सी ल्याउने प्रयास गरेको थिएँ’, कोन्टेले भनेका छन्, ‘मलाई उ मन पर्छ र मेरा लागि महत्वपूर्ण खेलाडी हो । उसले प्रदर्शनमा गरेको सुधारका कारण म प्रभावित छु ।’
‘हेरौँ के हुन्छ, अहिलेसम्म लुकाकु म्यान्चेष्टर युनाइटेडको खेलाडी हो’, कोन्टेले भनेकाे छ ।
Published : Saturday, 2019 July 20, 8:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया