प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्नले तरंग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिका सपना मारेर कस्तो देश बनाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

भोजपुरमा बुधबार एक प्रहरी जवान र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको घटनालाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘एक प्रहरी, अर्का विद्रोही युवाको परिवारको सपना आज मारिएको छ ।’

उनले कति मानिसलाई मारेर कस्तो देश बनाउने सपना प्रधानमन्त्रीसँग छ भनेर पनि प्रश्न गरेका छन् ।

‘कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँसँग ?’, शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सोधेका छन् ।

Published : Wednesday, 2019 July 10, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया