कांग्रेस नेतृ हरिप्रभाव खड्गीको स्वास्थ्य रिर्पाेट सामान्य

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

काठमाडौंको थापाथलीस्थित एउटा निजी अस्पतालमा बिहीबार खड्गी उपचारका लागि भर्ना भएकी थिइन् ।

उनलाई चिकित्सकहरूले २४ घण्टा निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरेको नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश बिक्रम शाहले जानकारी दिए ।

उनले उपमेयर खड्गीलाई हार्टअट्याक नआएको बताए । ‘उहाँलाई हार्टअट्याक आयो भनेर समाचार आएका छन् । त्यसमा कुनै सत्यता छैन’, उनले भने, ‘हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्यमा सामान्य रहेको छ । सबै परीक्षण पूरा भएको छ ।’

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी उपमेयर खड्गी छाती दुखेर श्वासप्रश्वासमा केही समस्या भएपछि आफै उपचारका लागि अस्पताल पुगेकी थिइन् ।

उनलाई चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर एमआरआई, ईको, ईसीजी, एनजिओग्राफसहितका चेकजाँच गरेको तरुण दल काठमाडौंका सचिव शाहले बताए ।

नेपाली कांग्रेसकी नेतृ एवम् उपमेयर खड्गीलाई हार्टअट्याक भयो भनेर आएका समाचारमा कुनै सत्यता नरहेको शाहले बताए ।

उपमेयर खड्गी बिरामी भएको सूचना पाएपछि शुभेच्छुक र नेपाली कांग्रेसका नेताहरू भेट्न अस्पताल पुगेका थिए ।

Published : Friday, 2019 July 5, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया