करातेकाे राष्ट्रिय टिमलाई रविद्वारा सहयोग, नेतृत्वसँग रुष्ट

ललितपुर । नेपालमा हुन लागेको १३औँ साग गेम खेल्ने खेलाडीहरूलाई विभिन्न संघ संस्थाबाट आर्थिक जुटाई आठौँ साफ गेम स्वर्ण पदक बिजेता रवि महर्जनले खेलकुदका सामाग्रीहरू निःशुल्क रुपमा वितरण गरेका छन् ।

नेपाल कराते महासंघ केन्द्रीय सदस्य समेत रहेका महर्जनले करीव ५ लाख बराबरको ट्रयाक सुट, जुत्ता, टि–सर्ट, व्याग वितरण गरेका हुन् ।

महर्जनले अहिले राष्ट्रिय टिम सम्हालिरहेका महर्जनले खेलाडीहरूलाई मेडल जित्ने बनाउन क्षमता अभिवृद्धि र खेलकुदका सामाग्रीको अभाव हुन दिन नहुने बताएका छन् ।

‘नेपालको खेलकुदको पहिचान र प्रतिष्ठा भनेकै यहि कराते नै हो’, उनले भनेका छन्, ‘करातेले खेलकुदमा इतिहाँस रचेको छ ।’

नेपाल मै भएको सन् १९९९ मा आठौँ साग गेममा नेपालले करातेमा १४ वटा स्वर्ण पदक हासिल गरी इतिहाँस रच्न सफल भएको उनले बताए ।

महर्जनले खेलाडीको मनोबल उच्च बनाउन सबै सुविधा दिनुपर्ने बताए । उनले खेलाडीले नै देशको नाम राख्ने भएकाले खेलाडीलाई महत्व दिएर ध्यान दिनुपर्ने बताए ।

‘कराते जस्तो खेललाई कराते महासंघले खेलाडीको लागि एउटा चेञ्जिङ रुमसम्म व्यवस्थाप गर्न सक्दैन, ट्रेनिङ गर्न एउटा म्याटको व्यवस्था गर्न सक्दैन । यो नेपाली खेलकुदको लागि दुर्भाग्य हो’, उनले भनेका छन्, ‘अनि सितोरियो करातेमा वर्षैपिच्छे ब्ल्याक बेल्ट ग्रेडिङ हुन्छ । खेलाडीको समस्यालाई जिम्मेवार निकायले ध्यान दिनुपर्छ ।’

सात प्रदेश गरी वर्षमा १ हजार जनाभन्दा बढी ब्ल्याक बेल्ट ग्रेडिङ हुने गरेको महासंघका केन्द्रीय सदस्य महर्जनले बताएका छन् ।

उनले भने, ‘एक जनाको ४ हजार लिन्छ । वर्षको ४ करोड हुन्छ । अनि एउटै व्यक्ति १५ वर्ष भैइसक्यो अध्यक्ष भएको । अनि ग्रेडिङ बापत उठाएको पैसा कहाँ गयो ?’

‘खेलको नाममा धन्दा गर्ने जिम्मेवार व्यक्तिहरू खाली पैसा मात्र कमाउन आएका हुन्’, करातेका प्रशिक्षक महर्जनले भनेका छन्, ‘अहिले नेतृत्वमा रहेकाहरूलाई खेलाडीहरूको चिन्ता छैन । आफू कसरी कमाउने भन्ने ध्यानमा छन् ।’

महर्जनले सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् पनि मौन रहेको भन्दै चिन्ता जनाएका छन् । उनले खेल र खेलाडीको नाममा मानव तस्करी गर्नेहरूलाई अख्तियारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

महर्जनले कराते महासंघका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । ‘हाम्रो करातेमा कहिल्यै परिवर्तन आएन । पञ्चायत शैलीमा एउटै व्यक्ति २०–२५ वर्षसम्म अध्यक्ष बन्ने गर्छन्’, उनले भनेका छन्, ‘यो के हो ? अनि हाम्रो कराते महासंघ हालिमुहाली गर्नेहरू कुन दुनियाँ म हुनु हुन्छ ? हिम्मत छ भने चुनावमा जाऔँ । अनि त्यसपछि आफ्नो असली औकात थाहा हुन्छ । अरुले तपाईं भनुनन् कि नभनुन् । मपाइ गर्ने कार्य तत्काल रोकिनुपर्छ ।’

कराते खेलको स्तरोन्नति गर्ने हो भने मिसन र भिजनका साथ अगाडि आउनुपर्ने महर्जनले बताएका छन् । उनले कराते महासंघमा नयाँ नेतृत्व आश्यक रहेको भन्दै नेतृत्वर्लाइ नयाँ निर्वाचन गराउन सुझाव दिएका छन् ।

Published : Tuesday, 2019 July 2, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया