दाङकाे मौरीघाटमा चट्याङ लागेर तीन बालकको मृत्यु

लमही । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकामा चट्याङ लागेर तीन जना बालकको मृत्यु भएको छ ।

मंगलबार साँझ करीव सात बजे चट्याङ लागेर तीन जना बालकहरूको मृत्यु भएको हो ।

राप्ती गाउँपालिकाको वडा नम्बर ४, मौरीघाटस्थित श्री माध्यामिक विद्यालय मौरीघाटको गेटमा रहेको जामुनाको रुखमा चढेर जामुनो टिप्ने क्रममा एक्कासि परेको चट्याङले तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घाइतेको लमहीस्थित अस्पतालमा उचार भइरहेको छ । मृत्यु भएका तीन जनाको शव लमही अस्पतालमा राखिएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने बलबहादुर चौधरीको छोरा वर्ष ११ का रमित चौधरी, सोही स्थानमा बस्ने सन्तु चौधरीका छोरा वर्ष १३ का सजन चौधरी र सोही स्थानकै वर्ष ११ का विनाश चौधरी रहेका छन् ।

घाइते हुनेमा सोही ठाउँका खुसीराम चौधरीका छोरा वर्ष ८ का अविनाश चौधरी रहेका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारका लागि रेडक्रश राप्ती गाउँपालिका शाखाले निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएको गंगाराम भट्टराईले जानकारी दिए ।

Published : Tuesday, 2019 June 25, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया