एशियन कुराशमा नेपाललाई कास्य

काठमाडौं । मित्र राष्ट्र थाईल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यु – २० जुनियर कुराश च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

महिला ५७ केजी तौल समूहमा कृती शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् । ८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाईनलमा शर्मा कुराश खेलका लागि निकैनै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदा संग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराईन् ।

प्रतियोगितामा सहभागि हुन शर्मा सहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा छन् । बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहिबार हुने महासचिव खरेलले जानकारी गराईन् ।

प्रतियोगिताकै दौरान भएको एशियन कुराश महासंघको कँग्रेशमा नेपाल कुराश संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाएकी छिन् ।

Published : Wednesday, 2019 June 19, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया