टेबल टेनिसमा आयोजक त्रियोगलाई स्वर्ण

काठमाडौं । आयोजक त्रियोग स्कुलले त्रियोग अन्तर स्कुल टेबल टेनिस प्रतियोगिताको छात्रा टिम ईभेन्ट्स्मा स्वर्ण हात पार्न सफल भएको छ ।

त्रियोगले सोमबार फाईनलमा ग्रिनफिल्डलाई ३ – ० ले पराजित गर्दै स्वर्ण हात पारेको हो । ह्वाईटफिल्ड र अरुणी सेकेन्डरी स्कुल संयुक्त रुपमा तेश्रो भए ।

ओलम्पिक डे २०१९ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको कक्षा ५ – ६ छात्रा तर्फको प्रतिस्पर्धामा ग्रिनल्याण्ड नेशनल स्कुलकी जस्मिन के.सी.ले स्वर्ण हात पारिन् ।

उनले सृजना ज्ञान सागर स्कुलकी विपिना थापालाई ११ – ५, ११ – ४, ११ – ५ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । आयोजक त्रियोगकी कृष्मा रिजाल र सृजना ज्ञान सागरकी बर्षा अधिकारीले कास्यमा चित्त बुझाए ।

छात्रको सोही विधा तर्फ शिद्धार्थ बनस्थली ईन्सिटिच्युटका उज्जल मानन्धरले अरुणी सेकेन्डरीका सुशिल न्यौपानेलाई ३ – ० सेटमा पराजित गर्दै स्वर्ण हात पारे ।

मानन्धरले पहिलो र दोश्रो सेट ११ – ८, ११ – ८ मा जितेता पनि तेश्रो सेटमा कठिनका साथ १३ – ११ को जित निकाल्न सफल भएका थिए ।

प्रतियोगितामा छात्र तथा छात्राको ५ – ६, ७ – ८, ९ – १० कक्षाका एकल, युगल र टिममा गरि १८ स्कुलका १०६ छात्र र ६५ छात्राहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Published : Monday, 2019 June 17, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया