खेलकुदमय बन्याे राप्ती गाउँपालिका, सर्वोदयलाई फुटबल उपाधि

मसुरिया । दाङ जिल्लाको देउखुरी उपत्यकाको राप्ती गाउँपालिकाले आयोजना गरेको प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल खेल छात्रातर्फ सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँले प्रथम स्थान हात पारेको छ ।

मुनलाईट माध्यामिक विद्यालयलाई ४ गोल गर्दै सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँ विजयी भएको हो । फाइनलमा निश्चित समयमा एक–एकको बरावरी भएको थियो । पेनाल्टीमा सर्वोदयसँग मुनलाईट ४–३ गोलले पराजित भएका हो ।

शुक्रबार बिहान भएको छात्रतर्फको भलिबल फाइनल खेलमा ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवा र शंकर माध्यामिक विद्यालय पिपरीवीच हुनेछ ।

छात्रतर्फको कबड्डी फाईनल खेल श्री माध्यामिक विद्यालय मौरीघाट र सिरिन भ्याली स्कुल मौरिघाटवीच हुनेछ ।

फुटबल खेलको फाइनलमा श्री माध्यामिक विद्यालय मौरिघाट र आदर्श नमूना विद्यालय लालमटियावीच हुनेछ ।

राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी २१ विद्यालयहरूको सहभागिता रहेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिए ।

प्रथम गाउँपालिका अध्यक्ष कपमा कवड्डीतर्फ श्री माध्यामकि विद्यालयले जित हात पारेको छ । श्री माध्यामकि विद्यालयले आदर्श माध्यामिक विद्यालयलाई हराउँदै प्रथम भएको हो ।

छात्रातर्फको भलिवलमा ज्ञानोदय माध्यामकि विद्यालयले श्री सर्वोदय माध्यामिक विद्यालयलाई हराउँदै प्रथम स्थान प्राप्त गरेको छ ।

नवज्योति आधारभुत विद्यालय, सिरिचौरको खेलकुद मैदानमा गत २७ गतेदेखि शुरू गरिएको प्रथम गाउँपालिकास्तरीय प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, एथ्लेटिक्स अन्तर्गत दौड १०० मिटर, ४०० मिटर, १५०० मिटर छात्र छात्रा खेल र प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल खेल समावेश गरिएको छ ।

हालसम्म एथ्लेटिक्स अन्तर्गत दौड १०० मिटर, ४०० मिटर, १५०० मिटर छात्र छात्रा खेलको नतिजा आइसकको छ । जसमा १५०० मिटर दौड छात्रतर्फ सर्वोदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्वितीय, आदर्श नमूना माविका सन्तोष कुमाल तृतीय भएका छन् ।

१५०० मिटर दौड छात्रातर्फ मावि मौरिघाटकी सिसा शाही प्रथम, दीपज्योति कोडिङकी मेनुका चौधरी द्वितीय, सर्वोदय माविकी सञ्जु चौधरी तृतीय भएकी छन् ।

४०० मिटर दौड छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरिन भ्यालीका मोहन बस्नेत द्वितीय र सर्वोदय माविका रमेश चौधरी तृतीय भएका छन् ।

४०० मिटर दौड छात्रातर्फ ज्ञानोदय माविकी सुशीला चौधरी प्रथम, मावि मौरीघाटकी चिरिञ्जीवी गिरी द्वितीय र सर्वोदय माविकी कुस्मा चौधरी तृतीय भएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका फनेन्द्र देवकोटाले जानकारी दिए ।

छात्र छात्राको फुटवल खेल र १०० मिटर दौडमा छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरिघाटका अशोक घर्ती द्वितीय, र दीपज्योतिका निरज चौधरी तृतीय भएका छन् ।

१०० मिटर दौडमा छात्रातर्फ मेनुका चौधरी प्रथम, दुर्गा भवानी आमाविकी आशा चौधरी द्वितीय र सर्वोदय माविकी सञ्चिता चौधरी तृतीय भएकी छिन् ।

 

Published : Thursday, 2019 June 13, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया