कम्युनिस्ट सरकारद्वारा मुख्यसचिव रेग्मीमाथि ‘कु’, कांग्रेस सम्झिएर धुरुरु

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई ‘कु’ गरेको छ ।

रेग्मीलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मुख्यसचिव नियुक्त गरेका थियो ।

देउवा नेतृत्वको सरकारले मुख्यसचिवमा नियुक्ति गरेपनि रेग्मीले निर्वाचनका बेला नेपाली कांग्रेसविरुद्ध ओली समक्ष कुरा पुर्‍याउने गरेका थिए । देउवा सरकारले गरेका धेरै निर्णयहरू ओलीको निर्देशनमा रेग्मीले दर्ता गरेका थिएनन् ।

रेग्मीमाथि ओली नेतृत्वको कै वर्तमान कम्युनिस्ट सरकारले ‘कु’ गरेको छ । सरकारले पटक–पटक सचेत गराउँदा समेत काम गर्न नसकेपछि रेग्मीमाथि ‘कु’ भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीमाथिको ‘कु’ गर्ने निर्णय गरेको थियो ।

रेग्मीलाई दक्षिण कोरियाका लागि राजदूतको रूपमा सिफारिस गर्ने निर्णय गरेको भएपनि आफ्नै बारेमा भएको निर्णय भन्दै प्रमाणित गरेका थिएनन् ।

दक्षिण कोरियाका लागि राजदूत सिफारिसमा पारेर मुख्यसचिव पद नै चट पारेपछि रेग्मी विदा लिएर गृहजिल्ला स्याङ्जा पुगेका छन् ।

ओलीलाई खुसी बनाउन नेपाली कांग्रेसविरुद्धको सूचना निर्वाचनका बेला बालकोटमा पुर्‍याएका रेग्मीले अहिले आएर कम्युनिस्टहरूबाट गम्भीर धोका पाएका छन् ।

स्रोतका अनुसार रेग्मीले आफूले भनेको जस्तो देशमा राजदूत नपाएको भन्दै दक्षिण कोरियाको राजदूत अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओली युरोप भ्रमण सेकर स्वदेश फर्किए लगत्तै मुख्यसचिवमा गृहसचिव प्रेमकुमार राई नियुक्त गर्ने तयारी भएको स्रोतको दाबी छ । राई प्रधानमन्त्री ओली निकटका सचिव हुन् ।

रेग्मी मुख्यसचिव गुमाएर विदामा बसेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विष्णु लम्साललाई कार्यवाहक मुख्यसचिवको जिम्मेवारी दिइएको छ ।

Published : Wednesday, 2019 June 12, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया