कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्ने, विशेष घोषणाको तयारी

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय जागरण अभियानका बारेमा जानकारी दिन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन राखेको छ ।

पार्टी कार्यालय सानेपामा जेठ ३० गते बिहीबार बिहान ११ बजे पत्रकार सम्मेलन राखिएको सञ्चारमाध्यमहरूलाई पठाइएको निमन्त्रणामा उल्लेख छ । कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेस र साना विपक्षी दलहरूलाई पेलेर विभिन्न विधेयकहरू संसदमा दर्ता गरेका विषयमा पनि धारणा सार्वजनिक गरिनेछ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरण र आगामी कार्यक्रमका सम्बन्धमा जानकारी दिइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म पहिलो चरणको जारण अभियान चलाएको थियो । जागरण अभियानबाट आएका सुझावहरूलाई नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिहरूले केन्द्रमा प्रतिवेदन बुझाउनेछन् ।

नेपाली कांग्रेसले अब दोस्रो चरणरणको अभियान चलाउनेछ । अभियानलाई कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध केन्द्रित राख्ने प्रवक्ता शर्माले बताएका छन् ।

कम्युनिस्ट सरकारले धर्म, संस्कृति र समाजसँग जोडिएका गुठीहरू नास गर्ने उदेश्यले ल्याएको विधेयकको कांग्रेसले विरोध गर्दै आएको छ । काठमाडौं उपत्यकासहित देशभरि गुठी खारेज गर्ने गरेर ल्याइएकोमा विरोध भइरहेको छ ।

Published : Wednesday, 2019 June 12, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया