कांग्रेसले माग्यो जवाफ, ‘पाँच दिन यो सरकारलाई कसले चलायो ?’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओली युरोप भ्रमणमा गएको विषयमा संसदलाई किन जानकारी गराइएन भनेर कम्युनिस्ट सरकारको जवाफ माग गरेको छ ।

बुधबार संसदमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदा सदनलाई किन जानकारी नगराएको हो भनेर प्रश्न गरिन् ।

उनले सो विषयमा कम्युनिस्ट सरकारको जवाफ माग गरेकी छिन् ।

‘प्रधानमन्त्री बेलयातमा हुनुहुन्छ । युरोपको भ्रमणमा हुनुहुन्छ । यति महत्वपूर्ण भ्रमणका बारेमा किन संसदलाई जानकारी दिइएन’, भुसालले भनिन्, ‘प्रधानमन्त्रीको भ्रमणका बारेमा कसले जानकारी गराउँछ ?’

प्रधानमन्त्री ओली विदेश भ्रमणमा गएका बेला राष्ट्रपति कार्यालयबाट पाँच दिनपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र संसदमा आएको भन्दै कांग्रेस सचेटक भुसालले भनिन्, ‘पाँच दिनसम्म यो देश कसले चलाएको थियो । कार्यबाहक प्रधानमन्त्री दिएको पत्र पाँच दिनुपर्ने आउनु कस्तो कार्य भएको हो ?’

नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले संसदमा सांसदहरूले उठाएका कुराहरूलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए । खाँणले मकाउमा पाँच हजार नेपाल कामदार रहेको भन्दै उनीहरूको वैधानिकताका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरे ।

Published : Wednesday, 2019 June 12, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया