डिला संग्रौलाकाे प्रश्न, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कता गायब भयाे सरकार ?’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डिला संग्रौला पन्तले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै कम्युनिस्ट सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले श्रम मन्त्रालयले शुरू गरेको कार्यक्रमलाई सबै क्षेत्रमा कार्यान्वयन गर्न माग गरिन् ।

संसदको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद संग्रौलाले धुमधामसँग उद्घाटन गरिएको सामाजिक सुरक्षा कार्यक्रमले लक्षित वर्गलाई छुन नसकेको बताइन् ।

‘योगदानमा आधारित समाजिक सुरक्षा योजना कार्यान्वयन हुने सकेन’, उनले भनिन्, ‘उद्योग, कलकारखानासहित अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषले समेटेन सकेको छैन ।’

Published : Wednesday, 2019 June 12, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया