विदेशमा… यहाँ पनि गरौँभन्दै छोरी नछाड्ने हाकिम पक्राउ

ललितपुर । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक जना उपसचिवलाई पक्राउ गरेको छ ।

रविन यादव (नाम परिवर्तन)ले आफ्नै १८ वर्षीया छोरी राधिका यादव (नाम परिवर्तन)लाई बलात्कार गरेको अभियोगमा सोमबार पक्राउ गरेको हो ।

महोत्तरी जिल्लाको सोनमा घर भई हाल ललितपुर जिल्लाको धोवीघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया राधिकालाई बारम्बार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा उपसचिव यादवले विदेशतिर छोरीलाई ‘सेक्स’ गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन् ।

घरमा कोही नभएको मौका छोपेर यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।

उपसचिव यादवले ३–४ वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका हुन् । उनले कक्षा १२ मा अध्ययनरत छोरीलाई संवेदनशील अंगमा हातले छुने गरेका थिए ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् ।

आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् ।

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत राधिका यादव कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबका कारण राधिकाले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको छ ।

Published : Tuesday, 2019 June 11, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया