देउखुरीको राप्तीमा राष्ट्रियस्तरको खेलमैदान निर्माण हुने

मसुरिया । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकामा राष्ट्रियस्तरको रंगशाला निर्माण हुने भएको छ ।

राप्ती गाउँपालिकामा प्रदेश ५ को एक गाउँपालिका एक रंगशाला कार्यक्रमअन्तर्गत राष्ट्रियस्तरको खेलमैदान निर्माण कार्य प्रारम्भ गर्ने योजना अनुसारको डीपीआरको प्रारम्भीक प्रतिबेदन प्रस्तुत गरिएको छ ।

गाउँपालिकास्तरीय तथा राष्ट्रियस्तरको खेलमैदान निर्माणको लागि प्रदेश सरकारले स्थान छनौटका लागि जग्गा तथा क्षेत्र माग गरेपछि राप्ती गाउँपालिकाले वडा नम्बर ३ र ७ स्थित भानपुर र बसन्तापुरको करीव २० विघा जग्गा गढवा गाउँपालिकासंग समन्वय गरेर छुट्याइएको छ ।

मन्डेला ईन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण गरेको प्रतिवेदनको प्रारम्भिक प्रातिवेदनअनुसार राष्ट्रियस्तरको खेलमैदान निर्माणको संरचना निर्माणका लागि करीव ८० करोड लाग्ने बताइएको छ ।

प्रदेश ५ को एक गाउँपालिका एक रंगशाला कार्यक्रमअन्तर्गत राष्ट्रियस्तरको खेलमैदान निर्माण कार्यका लागि प्रथम चरणमा प्रदेशले ३६ लाख रकम विनियोजन समेत गरिएको र प्रारम्भीक कायको सुरुवात समेत तत्काल शुरू गरिनेछ ।

कार्यपालिका सदस्यहरू तथा कर्मचारीवीच प्रस्तुत गरिएको प्रारम्भीक प्रातिवेदनअनुसार बजेटको ब्यवस्था प्रयाप्त गर्न सकिए करीव ५ वर्षभित्रै राष्ट्रियस्तरको खेलमैदान निर्माण हुन सक्ने मण्डेला ईन्जिनियरिङ कन्सल्टेन्सीले बताएको छ ।

Published : Thursday, 2019 June 6, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया