बेलयातमा कण्डमको प्रयोग यस कारण घटयो

लण्डन । बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् ।

धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमी ल्याउने गरेका कारण कमण्डम शुरुमा नलगाउने गरेको उनीहरूले बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडि रक्सीलाई कारक ठहरयाएका छन् ।

मदिरामा मात्तिएका बेला होस हुँदैन् लापरबाह पूर्वक सेक्स हुन्छ । कतिपयले भने पार्टनरले प्रयोग गर्ने परिवार नियोजनका अन्य साधानहरू जस्तै पिल्स तथा इम्प्लान्टको समेत प्रयोग समेत कारक भएको बताएका छन् ।

बेलायतको स्वास्थ्य विभागले गरेको सर्भेक्षणमा ठूलो युवा समूह कण्डमको प्रयोगबाट बाहिरै रहेको पाएपछि प्रयोग बढाउने अभियान शुरु गरिएको बताइएको छ ।

खासगरी २५ वर्ष मुनिका युवाहरूलाई संक्रामक रोगबाट बचाउँन अभियान शुरु गरिएको छ । यौन स्वास्थ्यको लागि पछिल्लो आठ बर्ष यता सरकारले पहिलो पटक क्याम्पियन समेत शुरु गरेको जनाएको छ ।

सर्भेक्षणले १६ देखि २४ वर्ष उमेर समूहका करीब आधा जसो युवकले नयाँ साथीसंग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग नगरेको देखाएको थियो । सर्भेक्षणले हरेक १० मध्ये एक जना युवकले कहिल्यै पनि कण्डमको प्रयोग नगरेको देखाएको छ । एजेन्सी

Published : Sunday, 2019 March 17, 8:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया