कम्युनिस्ट मुख्यमन्त्रीले किने दुई वटा महँगा गाडी

विराटनगर । प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईले ४ करोड खर्च गरेर भीआइपी र भीभीआइपीका लागि दुई वटा महँगा गाडी खरिद गरेको रहस्य बाहिर आएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको बिलासी गाडी र एक खर्बभन्दा धेरै मूल्य बराबरको हेलिकप्टर खरिद गरेको घटना सेलान नपाउँदै प्रदेश १ सरकारले भीआइपी र भीभीआइपीका लागि भन्दै सुविधा सम्पन्न खाडीहरु खरिद गरेको हो ।

मुख्यमन्त्री राईको निर्देशनमा करीव ४ करोड रुपियाँ खर्च गरेर सवारी साधन खरिद गरिएको अनलाइन खबरले जनाएको छ ।

भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि भन्दै प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई गाडी खरिद गरेको छ ।

२ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपियाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ ।

Published : Sunday, 2019 January 6, 12:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया