कांग्रेसमा दुई थरी सदस्यता राख्न सुझाब

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले दुई थरी सदस्यतालाई लागू गर्न सुझाव दिएका छन् ।

शुक्रबार महासमितिमा प्रस्तुत हुने विधानको मस्यौदामाथि छलफल गर्दै नेताहरूले दुई थरी सदस्यताले नै पार्टीलाई सक्रिय र जीवन्त बनाउने बताएका हुन् ।

विधानको प्रस्तावित मस्यौदामा कांग्रेसको सदस्यता दिने र एक वर्षमा नवीकरण गर्दा क्रियाशील सदस्यता पाइने उल्लेख छ ।

यसअघि कांग्रेसमा साधारण सदस्यता लिएको दुई वर्षमा मात्र क्रियाशील सदस्यता दिने प्रावधान थियो ।

समावेशी क्लस्टरअनुसार केन्द्रीय सदस्यको संख्या बढाउँदा पदाधिकारी पनि बढाउनुपर्ने सदस्हरूको जोड छ ।

बालकृष्ण खाण, नरहरि आचार्य, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर कमाल मुसलमान, चन्द्र भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले धारणा राखेका थिए ।

अधिकांशले केन्द्रीय सदस्य र सांसदलाई बुथबाटै चुनिएर आउने व्यवस्था उचित नभएको भन्दै सच्चाउन माग गरे । अर्को बैठक आइतबार बस्ने गरी बोलाइएको छ ।

Published : Saturday, 2018 December 1, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया