ओलीको निरंकुशताविरुद्ध नेकपाभित्र विद्रोह, नेताहरूको गोप्य बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीबाट युवा नेताहरूको चर्को असन्तुष्टि बढ्दै गएको छ ।

पार्टीभित्रको पक्षपात र व्यक्तिवादी चरित्रहाबी हुँदै गएको भन्दै असन्तुष्ट रहेको दुई दर्जन नेकपाका युवा नेताहरू आफूहरूको अभियानलाई जिल्लामा विस्तार गर्ने आन्तरिक तयारी गरेका छन् ।

डा.विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्रीसहितका झण्डै दुई दर्जन सदस्यहरू अध्यक्ष ओलीको निरंकुशताविरुद्ध जिल्ला पुग्न थालेका हुन् ।

असन्तुष्ट नेताहरूको बिहीबार काठमाडौंमा बसेको समीक्षात्मक गोप्य बैठकले देशभरबाट सकारात्मक प्रतिक्रिया आएको ठहर गरेको छ । उनीहरूले यो अभियानलाई जिल्लामा विस्तार गर्ने निर्णय पनि गरेका छन् ।

असन्तुष्ट समूहलाई सीता गिरी, दिलु पन्त, कृष्ण खनाल, पीएल श्रेष्ठहरूले पनि साथ दिएका छन् । यो समूहमा पूर्वएमालेका नेताहरू छन् ।

असन्तुष्ट समूहले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरिसकेका छन् । असन्तुष्ट समूहसँग सचिवलाय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापाले भेट्न मानेका छैनन् ।

Published : Friday, 2018 November 30, 4:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया