कारभित्र १८ यात्रु फेला परेपछि प्रहरी चकित

केपटाउन । दक्षिण अफ्रिकामा पाँच सिटको कारभित्र १८ जना यात्रु फेला परेपछि स्थानीय प्रहरी चकित परेको छ ।

अफ्रिकामा ५ सिट क्षमता भएको कारमा १८ जना यात्रु देखिएपछि प्रहरी समेत दंग परेका । गुडिरहेको कारमा धेरै यात्रु देखिएपछि दुर्घटना हुने खतरा रहेको भन्दै प्रहरीले रोकेको थियो ।

कारबाट ती यात्रुहरूलाई निकाल्ने क्रममा प्रहरीनै आश्चर्यमा परेको थियो । कारको अगाडिको सिटमा १ महिला र उनका बच्चा थिए । पछाडिको सिटबाट ११ जना यात्रु निस्किए ।

प्रहरीले कारको डिक्कीमा समेत यात्रु हुन सक्ने भन्दै खोलेर हेरेको थियो । खोलेर हेर्दा त्यहाँबाट समेत ५ जना यात्रु बाहिर निस्किएका छन् । एजेन्सी

Published : Tuesday, 2018 September 18, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया