आइजीपीले निर्मला पन्तका आमाबाबुको आँशु पोछे

महेन्द्रनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् ।

महानिरीक्षक खनाल निर्मला पन्तको घरमै पुगेर हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताएका हुन् । हत्यामा संलग्न अपराधी पक्राउ गर्न समय लागे पनि दोषीले उन्मुक्ति नपाउने खनालले बताए ।

हत्या घटनाको अनुसन्धान गर्न एसएसपीको टोली खटिएको छ । महानिरीक्षक खनालले नेपाल प्रहरीमाथि विश्वास राख्न आग्रह गरे ।

निर्मला पन्तको हत्या घटनामा अनुसन्धानमा त्रुटि नहुने गरी भइरहेको खनालले बताएका छन् । निर्मला पन्तका आमा र बाबुले छोरीको हत्याराको पहिचानमा ढिलाइ भइरहेको गुनासो गरे ।

Published : Friday, 2018 September 7, 12:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया