राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा सरकारले लापरवाही गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार संसदको बैठकमा शून्य समायमा बोल्दै कांग्रेस सांसद एवम् केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले सत्तारुढ दल समर्थक केही समूहहरूले चलखेल गरेर प्रतिष्ठान विरुद्धका गतिविधि गरेको आरोप लगाइन् ।

‘सत्तारुढ दलको बलमा केही समूहले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई काम गर्न अवरोध गरेका छन्’, उनले भनिन्, ‘त्यस्ता समूहका गलत क्रियाकलापलाई रोक्नुपर्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन भएकै जिल्लाबाट सभामुख निर्वाचत भएको प्रसंग उठाउँदै कांग्रेस सांसद चौधरीले प्रतिष्ठानमा राजनीति नगर्न आग्रह गरिन् ।

Published : Wednesday, 2018 September 5, 2:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया