मन्त्री फेर्नेबारेमा ओली–दाहालबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा पार्टीका तल्ला तहमा एकता तथा सरकार सञ्चालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

राम्रो काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने विषयमा पनि ओली र दाहालका बीच कुराकानी भएको जनाइएको छ ।

अध्यक्ष दाहाल बिहीबार भारत जाँदैछन् । सो विषयमा पनि ओलीसँग दाहालले परामर्श गरेका हुन् ।

Published : Wednesday, 2018 September 5, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया