यो हो दाङ प्रहरीको ‘डेञ्जर’ उपलब्धी ! एसएसपीले दङ्गालीहरू हँसाए

घोराही । दाङ जिल्लामा नसुल्झिएका थुप्रै मुद्धाहरू छन् । सञ्चार उद्यमी हेमराज धितालका हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डानाइकेहरूले अवैध असुली गरेर हैरान बनाएका छन् । सत्ताको आडमा गुण्डागर्दी गर्दै आएका छन् ।

हिंसाका साथै महिला र बालबालिका वेपत्ता हुने क्रम रोकिएको छैन । दाङमा महिला र बालबालिका हराएको तथ्याङ्क हेर्ने हो भने कहाली लाग्दो । उनीहरूको खोजी र सुरक्षा दिन नसकेको दाङ प्रहरीले कसरी शान्ति सुरक्षा गर्न खोजेको हो भनेर प्रश्न बेलाबेला उठ्ने गरेका छन् ।

शान्ति सुरक्षालाई चुनौती दिँदै ‘नेकपा’ निकटका गुण्डा नाइकेहरूले गिरोह चलाइ रहेका छन् । सिमेन्ट उद्योगहरूले सडक भत्काएर बिजोग बनाएका छन् । खोलानालामा अवैध उत्खनन् जारी छ । अवैध उत्खनन् रोक्न प्रहरीले ध्यान दिएको छैन ।

ठेकेदारहरूले सडक र पुलको ठेक्का लिएर समयमा काम नगरेका कारण सर्वसाधारणले दुःख पाइरहेका छन् ।

दाङलाई भारतीय नागरिकहरूले यौनको हब बनाउन खोजेको आरोप छ । भारतीय पुरुषहरू दाङमा युवतीहरूसँग रमाइलो गर्न पाइन्छ भनेर आउने गरेको चर्चा । छ्यापछ्याप्टी खुलेको कटेज, होटेल, गेस्ट हाउसमा त्यस्ता अवैध धन्दा हुने गरेका छन् ।

तर, दाङ प्रहरीले ती जनसारोकारका विषयलाई भन्दा सस्तो लोकप्रियताका लागि मंगलबार पत्रकार सम्मेलन गरेर चर्चामा आएको छ ।

पत्रकार सम्मेलनमा हत्या गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरिएको दाङ प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी गराए ।

पत्रकार सम्मेलनमा दाङ प्रहरीका प्रमुख शर्माले के–के नै सार्वजनिक गर्न लागे भनेर पुगेका पुगेका पत्रकारहरू त्यति बेला चकित परे जब एकजनालाई पत्रकार सम्मेलनमा ल्याइयो ।

सात वर्ष अगाडि साथीको हत्या गरेर फरार भएका व्यक्तिलाई खोजतलास गरेर पक्राउ गर्नु प्रहरीको दायित्व र कर्तव्य हो । एकजना व्यक्तिलाई पक्राउ गरेर पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्नु कति जायज छ ? दाङ प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । दाङ प्रहरीको अहिलेसम्मको उपलब्धी यही हो ?

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसएसपी शर्माले सुरक्षाको कार्ययोजना र अहिलेसम्म भए गरेका कामको बारेमा सार्वजनिक गरेको भए प्रशंसा हुने थियो । प्रहरी प्रवक्ताले गरे पनि हुने पत्रकार सम्मेलनमा एसएसपी शर्माको उपस्थितिले धेरै पत्रकारहरू चकित परेका छन् ।

एसएसपी शर्माले ती नसुझिएका फाइलहरू सुल्झाउनुपर्छ । दाङमा शान्ति सुरक्षा र अवधै उत्खनन् रोक्नुपर्छ । सत्तारुढ दल निकटका गुण्डा नाइकेहरूलाई तह लगाए भने मात्रै उनको दङ्गाली जनताले विश्वास गर्नेछन् । होइन भने एसएसपी शर्मा पनि सस्तो लोप्रियता चाहन्छन् भन्ने कुरा सबैले बुझ्ने छन् ।

०६८ साल असार २८ गते नारायणपुरमा ३६ वर्षीय टेकबहादुर घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको किरण भन्ने कुमबीर बुढाले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । बुढालाई बाग्लुङको ढोरपाटनबाट पक्राउ गरेको थियो ।

Published : Tuesday, 2018 September 4, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया